कालिका

कालिका नगरपालिका-२ को अध्यक्षमा एमाले उम्मेदवार लक्ष्मण पौडेल

Banner

चितवन,बैशाख ११-

चितवनको कालिका नगरपालिका वडा नम्वर २ को अध्यक्षमा नेकपा (एमाले) को तर्फबाट लक्ष्मण पौडेल सर्वसम्मत उम्मेदवार बन्नुभएको छ । उहाँ यसअघिको निर्वाचित वडा सदस्य हुनुहुन्छ । पौडेल स्थानीय तहमा लोकप्रिय युवाको रुपमा परिचित हुनुहुन्छ । उहाँले वडा सदस्यको रुपमा गरेको काम र जनताको चाहाना अनुरुप एमालेले वडाध्यक्षको रुपमा उम्मेदवार बनाएको हो ।

यस्तै वडा महिला सदस्यमा शान्ती महतो,खुल्ला महिला सदस्यमा बेलिकुमारी गुरुङ,खुल्ला सदस्यमा चित्र बहादुर भण्डारी र दलित महिला सदस्यमा चन्द्ररेखा विक उम्मेद्वार बन्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>