चितवन विशेष

माडीमा एमालेबाट मेयर उम्मेद्वार ताराकुमारी काजी महतो ,उपमेयर राप्रपालाई दिने तयारी

Banner

चितवन, वैशाख ११–

नेकपा (एमाले)ले माडी नगरपालिकाको मेयरमा ताराकुमारी काजी महतोलाई उठाउने भएको छ । एमाले चितवनले सर्वसम्मत रुपमा मेयर उम्मेद्वारमा महतोको नाम चयन गरेको हो । सो निर्णय बागमति प्रदेश कमिटीमा पठाईएको छ ।

महतो हाल माडीको उपमेयर हुन् । २०७४ सालको निर्वाचनमा मेयरमा माओवादीबाट ठाकुरप्रसाद ढकाल विजयी भएका थिए भने एमालेबाट महतो विजयी भएकी थिइन् । महतोको माडीमा राम्रो प्रभाव रहेको बुझिन्छ ।

यस्तै एमालेले माडीको उपमेयर राप्रपालाई दिने भएको छ । जसका लागि एमालेले उपमेयर खाली राख्दै उम्मेद्वार चयन गरेको छ । एमालेले राप्रपासंग भरतपुर महानगरपालिका र माडीमा तालमेल गर्न लागेको हो ।

तालमेलको छलफल अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>