देश/प्रदेश
सिराहामा मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम अझै मतदाता सूचीमा
०

सिराहा, वैैशाख १०-
स्थानीय तह निर्वाचन २०७४ पछि सिराहामा मृत्यु भएका तीन हजार चार सय ४८ जनामध्ये दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ ।
स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख ईन्दिरा यादवको भनाइ छ ।
स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले जनाए ।
निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा आठ सय १९, सिराहा नगरपालिकाका सात सय ९० र धनगढीमाईका दुई सय ८३ जनाको नाम सूचीमा छ ।
निर्वाचन आयोग र स्थानीय तहहरूको लापरबाहीले मृत्यु दर्ता भइसकेका व्यक्तिको नाम पनि अझै मतदाता सूचीमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























