Breaking News

गैँडाकोटका मेयर छत्रराज पौडेलले दिए राजिनामा,प्रमुख प्रशासकीयलाई बुझाए गाडी

Banner

नवलपुर,बैशाख ९-

गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नगरप्रमुुख पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा पुनः नगरपमुख पदमा उमेदवारी दिने तयारी स्वरुप उहाँले नगरप्रमुख पदबाट राजिनामा दिनुभएको हो । गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेलले नगरप्रमुख पौडेलले दिएको राजिनामा बाचन गरेर सुनाउनुभयो ।

मेयर पौडेलले प्रयोग गर्दै आएको बा २ झ ३६०४ नम्बरको सवारीको चावी समेत निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेल समक्ष बुझाउनुभएको छ ।स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर पौडेलले राजिनामा दिनुभएको हो । बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट छत्रराज पौडेल र यमुनाथ आचार्य मध्ये एकजनाले टिकट पाउने निश्चित छ । यो खबर तयार पार्दासम्म गैँडाकोट नगरपालिकाबाट मेयर पौडेल सहित एघारजना वडाअध्यक्षहरुले राजिनामा दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>