देश/प्रदेश
इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ
०

मोरङ, वैशाख ९-
भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपीएल) को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साह रहेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित पक्राउ गरिएको हो ।
उनीहरुमाथि सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























