देश/प्रदेश
माओवादीबाट नेपालगन्जमा मेयरका आकांक्षी वैश्य राप्रपामा प्रवेश गर्दै
०

बाँके,बैशाख ८-
नेपाल माओवादीबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्न लागेका छन् । आज केही समयपछि पार्टी प्रवेश कार्यक्रम तय गरिएको राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले जनाए ।
बिहीबार वैश्यले मात्र पार्टी प्रवेश गर्ने र शुक्रबार अरु स्थानीय नेता तथा कार्यकर्तालाई प्रवेश गराउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेका उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । उनी राप्रपामा प्रवेश गरेर मेयरमा चुनाव लड्ने बुझिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























