देश/प्रदेश

नुवाकोटमा भिरबाट लडेर एक म्यादी प्रहरीको मृत्यु

Banner

नुवाकोट, वैशाख ७-

शनिबार वैशाख ३ गते नुवाकोटमा घट्टे फोगडा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।

तालिमका लागि आउँदा भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार बेलकोटगढी नगरपालिका-१२का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो ।

शवको पोष्टमार्टम त्रिशूली अस्पतालमा गरिएको थियो। परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>