देश/प्रदेश
मेयरको दबाबका लागि पोखराका कांग्रेस वडा सभापतिहरू बैठकमा
०

पोखरा, वैशाख ७-
एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् ।
‘बैठक बस्र छलफल हुन्छ । सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गर्छौं,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी संघर्ष गर्छौं ।’
अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ । बैठकले केन्द्रलाई दबाब दिने, नभए अर्को उम्मेद्वार उठाएर जाने थापाले बताए । सकेसम्म रुख चिन्हबाटै चुनाव लड्न लगाउने अर्को विकल्पबारे पनि छलफल भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























