चितवन विशेष

माडीमा राप्रपाको चुनावी अभियानः भ्रष्टाचार रहित नगरपालिका बनाउने उद्घोष

Banner

चितवन,बैशाख ६-

चितवनको माडीमा राप्रपाले चुनाव परिचालन कमिटि गठन गरेको छ । युवा नेता तथा प्रदेश (ख) का कोषाध्यक्ष तोजमान गुरुङ (पारस) को संयोजकत्वमा ५ सय १ सदस्यीय परिचालन कमिटि गठन भएको हो । वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी माडीमा अन्य ५ वटा कमिटिहरु पनि गठन भएका छन् ।
लिलकुमार गुरौँको संयोकत्वमा अनुमगन तथा मूल्यांकन कमिटि, भीमबहादुर कुँवरको संयोकत्वमा आर्थिक परिचालन कमिटि, सुरेश गुरुङको संयोकत्वमा युवा परिचालन कमिटि, सञ्जयकाजी महतोको संयोकत्वमा सूचना सम्प्रेशण कमिटि गठन भएको छ । यस्तै राप्रपाका संस्थापक नेता केवल चौधरीको संयोकत्वमा सल्लाहकार कमिटि गठन भएको छ ।

सल्लाहकार कमिटिमा गंगाधर न्यौपाने, मेघनाथ न्यौपाने, क्याप्टेन विशन गुरुङ, एकनारायण न्यौपाने, डण्डपाणी न्यौपाने, जानकीदत्त बराल, निरबहादुर रानाभाट, शम्भु पौडेल लगायतका नेताहरुलाई सल्लाहकार कमिटिमा राखिएको छ । राप्रपाले २०७४ सालको स्थानीय चुनावमा थोरै मतान्तरले मेयर पद गुमाएको थियो । यसपालीको चुनावमा माडी नगरपालिकाको नेतृत्व लिने रणनीतिमा चुनावी अभियानलाई तीव्र पारेको छ ।

राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले राप्रपाले यसपाली माडीको मेयर, उपमेयर र धेरै वडामा जनप्रतिनिधि जित्ने दाबी गर्नुभयो । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले सांसद तथा मन्त्री रहदा सुरु गरेका पुल, रिंगरोड लगायतका विकास योजनालाई पुरा गर्न राप्रपाकै नेतृत्व खाँचो देखिएको बताउनुभयो । राप्रपाका जिल्ला सदस्य लिलकुमार गुरौले भ्रष्टाचार रहित नगरपालिका बनाउन राप्रपालाई जनताले विश्वास गर्ने बताउनुभयो ।

राप्रपाका क्षेत्रीय अध्यक्ष मदन पौडेलले दोस्रो चरणको चुनावी घरदैलो सुरु भएको जानकारी दिनुभयो । प्रदेश ३ (ख) अध्यक्ष रामकृष्ण क्षेत्रीले चुनावी अभियानबाट जनगुनासाहरु संकलन गरिएको बताउनुभयो । राप्रपा माडीका अध्यक्ष वीरेन्द्र भण्डारीले राप्रपाले केही दिनमै माडी नगरपालिकाका लागि सबै पदहरुमा उम्मेदवारहरु छनौट गरिने बताउनुभयो । उहाँले राप्रपाले माडीको मेयर, उपमेयर जितेमा माडीमा कक्षा १२ सम्म निःशुल्क पढाउने योजना लागु गरिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>