देश/प्रदेश

भूतपूर्व सैनिक तथा प्रहरी संगठन हेटौंडा नगर अध्यक्षमा केसी

Banner

हेटौंडा, वैशाख ३-

नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) हेटौंडा अध्यक्षमा भक्तबहादुर केसी सर्वसम्मत चयन भएका छन् ।
आज भएको पहिलो नगर अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनबाट केसीको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा तीर्थकुमारी खड्का, कोषाध्यक्षमा दुर्गा महत तथा उपसचिवमा राजु चौलागाई रहेका छन् । अहिलेका लागि पदाधिकारीहरुसहित २२ सदस्य चयन गरिएको छ भने बाँकी ९ जना सदस्यहरु सबै क्षेत्रबाट समेटिने गरी मनोनित गरिने अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए ।

नेपोन मकवानपुरका जिल्ला उपाध्यक्ष तथा हेटौंडा नगर इन्चार्ज रामकेदार बस्नेतको अध्यक्षतामा भएको नगर अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा एमाले प्रदेश सदस्य सम्राट तुम्बाहाम्फे, नेपोनका केन्द्रीय सचिव सुधिर थापा, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य ईश्वर ढुङ्गाना, जिल्ला सदस्य सन्तोष पौडेल, सरस्वती दाहाल, पार्टी नगर अध्यक्ष सालिकराम पुडासैनी, नेपोन मकवानपुरका जिल्ला अध्यक्ष शिव थापालगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>