देश/प्रदेश

भैरहवा र बुटवलमा यो वर्षकै बढी गर्मी, तापक्रम ४० डिग्री पुग्यो

Banner

बुटवल,बैशाख २-

भैरहवा र बुटवलमा यो वर्षकै बढी गर्मी भएको छ। तातो हावा चलेका कारण जनजीवन असामान्य भएको हो। भैरहवाको तापक्रम शुक्रबार ४० डिग्री नाघेको छ। भैरहवा विमानस्थलका अनुसार पछिल्लो २४ घण्टामा भैरहवाको तापक्रम ४० दशमलव २ डिग्री पुगेको हो।

रुपन्देहीको दक्षिणी क्षेत्रमा दिनभर तातो हावा चलेको थियो। उत्तरी क्षेत्रमा भने बिहिबार पानी परेका कारण केही शितल छ। शुक्रबार भैरहवापछि जनकपुर र नेपालगञ्जमा बढी तापक्रम छ। जनकपुरमा ३९.५ र नेपालगञ्जमा ३९ डिग्री तापक्रम पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>