चितवन विशेष
संघियताले धार्मिक द्धन्द ल्याएको छः राप्रपा सहमहामन्त्री बलायर

चितवन, वैशाख २–
राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री प्रेम बलायरले जातिय, परम्परा र संस्कृतिक द्धन्द सिर्जना गराउन संघियता स्थापना गरेको आरोप लगाउनु भएको छ । आज (शुक्रबार) पार्टीको चितवन शाखाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘परिवर्तनको नाममा हिन्दुराष्ट्र समाप्त गर्ने र राज सत्ता परिवर्तन गर्ने काम भयो । जातजाती, परम्परा, सँस्कृती र धर्म विच मानिसहरुमा द्धन्द गराउन संघियता स्थापना गरियो ।’
राप्रपा विद्यार्थी संगठनका पूर्व केन्द्रिय अध्यक्ष समेत रहनुभएका बलायरले परिवर्तनको नाममा जनताको आखाँमा छारो हाल्ने काम मात्र भएको दावी गर्नुभएको छ । ‘परिवर्तनको नाममा गरिब, निमुखा, सोझा जनताको आखाँमा छारो हाल्ने काम गरिरहेका छन् । गरिबलाई झन गरिब बनाउने थिचो–मिचो गरेका छन्, उहाँको भनाइ छ ।’
चुनावमा स्वीजरल्यानड, र सिंहदरबारकोे आस्वासन दिइनेहरुबाट जनताको घर घरमा भ्रष्टाचारी पुगेको उहाँले बताउनुभयो । बलायरले शक्तिशाली दलहरुले परिवर्तनको नाममा देशलाई विदेशीहरुको खेल मैदान बनाएको भन्नुभयो ।
यस्तै उहाँले देशमै रोजगारि सिर्जना राप्रपाले गर्ने बताउनुभएको छ । उहाँले स्वतन्त्र, स्वाधिन र भ्रष्टाचार रहित राष्ट्र निमार्ण गर्नु नै राप्रपाको मुख्य उद्देश्य रहेको बताउनुभयो । यसको लागि सबै जनता स्वाभिमानको बाटोमा हिड्नु पर्ने जीकिर गर्नुभयो । बलायरले आफ्नो स्वतन्त्रता स्थानिय निर्वाचनमा प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।


























