देश/प्रदेश
धरानमा बस र ट्याम्पो जुध्दा ट्याम्पो चालकको मृत्यु, एक घाइते
०

धरान, वैशाख २-
भेडेटार-धरान सडक खण्डमा आज बिहान बस र ट्याम्पो जुध्दा ट्याम्पो चालकको मृत्यु भएको छ ।
धरानबाट भेडेटार जाँदै गरेको १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरान तर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो एकआपसमा ठोक्किएको हो । ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मृत्यु हुने ट्याम्पो चालक भरौल-५ सुनसरीका अन्दाजी ४० वर्षीय खड्गबहादुर कामी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै घाइते भएकी ताप्लेजुङ लिखुम-२ बस्ने १५ बर्षीय उषा लिम्बुलाई उद्धार गरी अस्पताल पठाएको छ ।
बस चालक ४५ वर्षीय गोविन्दबहादुर कटुवाल र बस इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा हरेको प्रहरीले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























