देश/प्रदेश

शिवम् सिमेन्टका अध्यक्ष डा.गोयल म्यानको प्रथम उपसभापतिमा निर्वाचित

Banner

काठमाडौँ, वैशाख १–

शिवम् सिमेन्ट्स लिमिटेडका अध्यक्ष डा.सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संघ (म्यान)को प्रथम उपसभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । म्यानको कार्यकारी बोर्डको बैठकबाट गोयल निर्विरोध रुपमा उपसभापतिमा निर्वाचित भएका हुन् ।

म्यानको गत चैत २६ गते काठमाडौंमा सम्पन्न ४१ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट संस्थागत समूह तर्पmबाट शिवम् सिमेन्ट्सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएकोमा बोर्ड सदस्यहरु मध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि सन् २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>