देश/प्रदेश

माओवादीका वीरगन्ज महानगर अध्यक्ष अन्सारी साधारण सदस्यबाटै निष्कासित

Banner

वीरगञ्ज,चैत ३०-

नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कमिटीले वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीसहितका नेता कार्यकर्तालाई कारबाही गरेको छ । अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्माद्दिन अन्सारीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको नेकपा माओवादी केन्द्र पर्साले जनाएको छ । ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई कारबाही गरेको जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गर्नुको साथै जिल्लाका जिम्मेवार नेतृत्वहरुलाई गाली गलौज गराउन लगाएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गरेकाले उनीहरुलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय चुनावमा समेत धक्का पार्ने, अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने कार्य गरेको आरोप उनीहरुमाथि लगाइएको छ । माओवादी केन्द्रका वीरगञ्ज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>