चितवन विशेष

राप्रपा चितवनको आमसभामा अध्यक्ष लिङदेन सहितका शिर्ष नेताहरु आउने, ५० हजार जनता उतार्ने तयारी

Banner

चितवन, चैत ३०-

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने आमसभामा उल्लेख्य सहभागिता हुने बताउनुभयो ।

आमसभालाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री डा। धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने जनाइएको छ । आमसभा सफल पार्न १६ वटा उपसमितिहरु बनाइएका छन् । “चुनाव लक्षित आमसभा होइन, देशमा व्याप्त भ्रष्टाचार, वेथीति र उत्पीडन विरुद्धको खबरदारीसभा हो”, उहाँले भन्नुभयो, “राप्रपाले अंगिकार गरेको राजनीतिक, आर्थिक, सामाजिक अवधारणालाई जनतामाझ सूसूचित गराउनेछौँ ।”

आमसभा हुने स्थल पारसबसपार्कको खुल्ला चौरलाई ५ दिन लगाएर सरसफाई गरिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रवक्ता राजु भण्डारीले चौरबाट झण्डै २५ ट्रिपर फोहर संकलन गरिएको बताउनुभयो । उहाँका अनुसार जेसीवी, ग्रेडर, रोलर लगाएर चौरलाई सम्याउने, सफा गर्ने काम गरिएको छ । आमसभास्थलमा २ वटा मञ्च बनाइने छ । अतिथि र कलाकारहरुलाई छुट्टाछुट्टै मञ्च बनाइने बताउनुभयो ।

जिल्ला उपाध्यक्ष जीवलाल पुरीले चितवनका ९८ वडाकै जनता आमसभामा सहभागि हुने बताउनुभयो । छिमेकी जिल्लाबाट समेत उल्लेख्य सहभागिता रहने बताउनुभयो । उहाँका अनुसार आमसभाकै कार्यक्रममा चितवनबाट अन्य दल परित्याग गरी ३ हजार बढी राप्रपामा प्रवेश गर्ने कार्यक्रम समेत रहेको बताउनुभयो ।

बैशाख पहिलो साता सातै पालिकामा उम्मेदवार घोषणा

राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बैशाख पहिलो साता चितवनका सात वटै स्थानीय तहमा उम्मेदवारहरु घोषणा गरिने बताउनुभएको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य सबै पदमा राप्रपा चितवनले उम्मेदवारहरु छनौट गर्ने बताउनुभयो । “अहिले एकल चुनावमै जाने गरी उम्मेदवारहरु छनौट गर्दैछौँ”, उहाँले भन्नुभयो, “केन्द्रको निर्देशनपनि बल्ल गठबन्धनको टुंगो लाग्नेछ ।” उहाँका अनुसार पालिकास्तरबाट उम्मेदवारहरुको नामावली संकलन कार्य जारी रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>