देश/प्रदेश

बझाङमा एमालेको जनसभा

Banner

बझाङ,चैत २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बझाङमा आइपुग्दा जनसागर उर्लिएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज कांग्रेस र माओवादीका प्रभावशाली नेताहरुलाई एमाले प्रवेश गराउन आयोजित जनसभालाई सम्बोधन गर्न र पार्टीमा स्वागत गर्न बझाङ आउनु भएको हो ।

अनेरास्ववियूका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य ऐन महरको गृहजिल्ला बझाङमा आज सवैभन्दा धेरै बझाङ जनताको उपस्थितिमा सभा भएको हो । सो सभामा कलाकारहरुले परमादेशको गठबन्धन फालौं, यसपाली त सूर्यमै भोट हालौं भन्दै गीत गाएपछि एमाले अध्यक्ष ओली छमछमी नाच्नु भएको छ ।

बझाङमा ठूलो संख्यामा पार्टी प्रवेश गराउन अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र जनसंगठन समन्वय संयन्त्रका संयोजकसमेत रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहितका नेताहरुलाई लिएर आज आउनु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>