देश/प्रदेश

बाढीको कारण क्षतिग्रस्त: मेलम्चीको पानी चैत मसान्तसम्म काठमाडौं नआउने

Banner

काठमाडौँ, चैत २५-

चैत मसान्तसम्म मेलम्चीको खानेपानी काठमाडौं ल्याउने आयोजनाका साथ काम भएपनि पानी काठमाडौँ नआउने भएको छ ।

आयोजनाका एक अधिकारीका अनुसार मुहानबाट मूल सुरुङमा अझै पानी भर्न सुरु नगरिएकोले चैत मसान्तसम्म पानी काठमाडौँ नआउने भएको हो ।

गत असारमा आएको बाढीको कारण क्षतिग्रस्त भएको आयोजनालाई सुरुङ खाली गर्न प्राविधिक कठिनाइ परेको छ । आयोजनाको मुहान क्षेत्रको सुरुङमा अनुमानभन्दा बढी लेदो भेटिएको आयोजनाका अधिकारीको भनाई छ ।

त्यस्तै बाढीको जोखिमले असारबाट तिहारसम्म फेरि सुरूङ बन्द गर्नु पर्ने भएकाले लामो समय मेलम्चीको पानी उपयोग गर्न पाइने अवस्था छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>