देश/प्रदेश
बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते
०

बैतडी, चैत २४–
बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर ६ छेलामा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । म १ ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ की ६५ वर्षीय गोबडीदेवी साउँद घाइते भएकी हुन् ।
उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
सो जिपमा शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्त र हेमन्त जोशी पनि सवार रहेका बताइएको छ । कर्मचारी पन्तले जबरजस्ती जिप चलाउन खोज्दा दुर्घटना भएको भनिए पनि प्रहरीले सो कुरा अस्वीकार गरेको छ ।
प्रहरीले जिप चालक वीरेन्द्र महताले नै जिप चलाएको दाबी गरेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
फोटोः फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























