देश/प्रदेश

५ दिनदेखि हराएका बालको हत्याः छिमेकीको सेप्टिक ट्यांकी शव फेला

Banner

सर्लाही, चैत २४-

सर्लाहीमा ५ दिनदेखि हराएका एक बालकको शव सेप्टिक ट्यांकीभित्र फेला परेको छ । बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीका अनुसार मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय आकाश ठाकुरको सेप्टिक ट्यांकीभित्र शव फेला परेको थियो ।

बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>