देश/प्रदेश
सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई बुझाए स्पष्टीकरण पत्र
०

काठमाडौँ, चैत २४-
हवाई उडानको प्रोटोकल विपरित विमानभित्रै अवाञ्छित गतिविधि गरेको आरोप लागेका सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई स्पष्टीकरण पत्र बुझाएका छन् ।
काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेपछि बुधबार उनले स्पष्टीकरण पत्र बुझाएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट नेपाल फर्किने क्रममा धमला अनुमति बिना विमानभित्र प्रधानमन्त्री बस्ने कक्षमा जबर्जस्ती घुस्ने प्रयास गरेर कर्मचारीले रोक्न खोज्दा खोज्दै प्राइम टाइम्स टेलिभिजनमा लाइभ गरेका थिए।
धमलाले स्पष्टीकरण पत्र बुझाएको र त्यसबारे अध्ययन गरिने काउन्सिलका प्रवक्ता दीपक खनालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























