देश/प्रदेश
सहिद गेट उद्घाटन गर्दै प्रचण्ड
०

काठमाडौं, चैत २४–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् । प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृटिमा गेट बनाइएको छ ।
२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर-५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।
तर, अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन परिवर्तन गरेका छन् । गृह जिल्ला चितवन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























