देश/प्रदेश

हिजो एमाले प्रवेश गरेका धादिङ बेनिघाटका अध्यक्ष डल्लाकोटी आज फेरि माओवादीमै फर्किए

Banner

काठमाडौँ, चैत २२–

हिजो (सोमबार) मात्रै नेकपा (एमाले)मा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) आज (मंगलबार) फेरि नेकपा (माओवादी केन्द्र)मा नै फर्किएका छन् ।

उनलाई सोमबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा बोलाएर पार्टी प्रवेश गराएका थिए । तर डल्लाकोटी एकाएक आज विज्ञप्ती जारी गर्दै आफू पुनः माओवादीमै फर्किएका बताएका छन् । हिजो एमाले प्रवेश गरेपछि डल्लाकोटीको देशभर चर्चा भएको थियो ।

उनले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>