देश/प्रदेश
कांग्रेस, माओवादी र जसपाबाट निर्वाचित तीन स्थानीय तहका उपप्रमुख एमालेमा प्रवेश
०

वीरगञ्ज,चैत २२-
स्थानीय निर्वाचनको मुखैमा पर्साको दुईवटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रमका बीच उनीहरू एमाले प्रवेश गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साहलगायतका नेता पनि सहभागी थिए ।
एमाले प्रवेश गर्नेमा बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी छन् । यादव नेपाली कांग्रेस र थरुनी जसपाबाट निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नेमा धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























