देश/प्रदेश
बिम हाल्ने क्रममा पुल भत्किँदा ८ जना घाइते, २ को अवस्था गम्भीर
०

पोखरा, चैत २१-
स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।
चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो ।
स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुको पाल्पामा उपचार भइरहेको छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























