खेलकुद

कुममा चोट लागेपछि कमलसिंह ऐरी ६ साता मैदान बाहिर

Banner

काठमाडौं, चैत २०-

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा कमलसिंहको कुमको हड्डीमा चोट लागेको थियो । खेल दौरान उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार बिहान नेपाल नेसनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको छ । कमलको शल्यक्रिया डा‍ निरज केसी र डा। निरञ्जन सुवेदीको टिमले गरेको हो ।

लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनको टिकट काटेको थियो । फाइनल खेल सोमबार हुनेछ । उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>