देश/प्रदेश

एमालेले देशभरका ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्ने

Banner

काठमाडौँ, चैत २०–

नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ ।

सो पार्टीले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो । यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो ।

विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ । विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>