देश/प्रदेश
नोबेल अस्पतालमा हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत चिकित्सक मृत फेला
०
विराटनगर, चैत १९-
विराटनगरको नोबेल शिक्षण अस्पतालमा हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत चिकित्सक मृत भेटिएका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई विराटनगर–४ मा बस्दै आएका २७ वर्षीय विजय यादव सव भेटिएको हो ।
डेरा बसेको घरको कम्पाउण्डभित्र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा यादवको शव फेला परेको प्रहरीले बताएको छ । त्यस्तै मृतकका आफन्तले हत्या भएको आशंका गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























