देश/प्रदेश
घर पोत्ने माटो खन्ने क्रममा महिलाको मृत्यु
०

अछाम, चैत्र १९-
अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते सोही गाँउकी ४ बर्षिया किशोरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























