वागमती

भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

०
Banner

काठमाडौं, चैत १८

भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ । चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>