देश/प्रदेश

मंगलसैन नगर प्रमुख बोहरा भन्छन्- मेरो पाँच वर्षे कार्यकाल सफल भयो

Banner

अछाम, चैत १७-

मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराले पाँच वर्षे कार्यकाल सफल रहेको दाबी गरेका छन् । बोहराले भौतिक पूर्वाधारको विकाससँगै सुशासन पक्षमा उल्लेखनीय काम भएको दाबी गरेका छन् ।

नगरका १४ वटै वडामा सडक सञ्जालको विस्तार, शिक्षामा भौतिक पूर्वाधारको विकास, विद्युतीकरण, पर्यटकीय क्षेत्रको प्रचारप्रसार लगायतका क्षेत्रमा विकास भएको नगर प्रमुख बोहराको भनाइ छ ।

उनले कृषि क्षेत्रमा नगरपालिकाबाट प्राप्त लगानि भएपनि जनताको ईच्छाशक्ति नहुँदा प्रभावकारी हुन नसकेको बताए छ । सुरुमा कानुन निर्माण गर्नुपर्ने त्यसपछि कोरोनाका कारण सोचअनुरुप काम हुन नसकेको नगर प्रमुख बोहराको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>