देश/प्रदेश

एक्लै एमालेसँग चुनाव लड्छु भन्ने सोच्नै सक्दैनन्: ओली

Banner

काठमाडौं, चैत १६-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए ।

एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने रु त्यसैले अब बल्ल हैसियत मिलेको छ, अध्यक्ष ओलीले भने ।

एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए । अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो, अध्यक्ष ओलीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>