देश/प्रदेश
अवैध लागु औषधसहित युवक पक्राउ
०

सिरहा, चैत १५-
सिरहा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारको प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार प्रहरीले गोलबजार नगरपालिका(५ को ३२ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा घरमा लुकाईछिपाइ राखेको लागु औषध ६ सय थान ट्याब्लेट नाईट्राभेट र इन्जेक्सनसहित साहलाई पक्राउ गरेको जनाएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























