देश/प्रदेश

सर्लाहीको कविलासीमा मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गयो, एकजना घाइते

Banner

एसवी थापा

सर्लाही,चैत १४

सर्लाहीको कविलासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

सोमवार मलंगवा(नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा प्रदेश २-०३-०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका-३, निवासी २७ वर्षीय तौखिन मिकरानीको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

दुर्घटनालगत्तै मिकरानीलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षका मकबुल लहरी सफी गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्ज रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

मिकरानीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>