देश/प्रदेश

तीनै तहको चुनावमा महिलाको अर्थपूर्ण सहभागितामा जोड

Banner

मुगु, चैत १४-

जिल्लामा सक्रिय महिला अधिकारकर्मीहरूले आगामी स्थानीय तह निर्वाचनलगायत प्रदेश, संघमा महिलाको अर्थपूर्ण सहभागिता हुनु पर्ने जोड दिएका छन् ।

टेवा नेपाल र महिला अधिकार केन्द्र नेपाल मुगुको आयोजना आज भएको कार्यक्रममा उनीहरूले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको लागि सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधिहरूको ध्यानाकर्षण गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७४ मा सरकारको नीतिअनुसार महिलाहरू नगरपालिका र गाउँपालिकाका उपप्रमुख, उपाध्यक्षमा सिमित भए । सिमित स्थानीय तहमा मात्रै महिलाको अर्थपूर्णा नेतृत्व रह्यो । अबका दिनमा यस्तो नहोस् भनेर उनीहरूले जोड दिएका छन् । अन्य क्षेत्रभन्दा कर्णालीमा महिलामाथि थप विभेद रहेको उनीहरूको भनाइ छ ।

कर्णाली प्रदेश सभाका सदस्य माननीय झोवा विकले महिलाहरू नेतृत्वमा जानु हुँदैन, महिलाले पुरुष सरहको काम गर्न सक्दैनन् भन्ने भनाइ अब बदल्नु पर्ने बताइन । उनले आउँदो तीनै तहका निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता पाउनु पर्ने दाहोर्याइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>