गण्डकी
चीनले गर्यो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण
०

काठमाडौं, चैत १२-
चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त विमानस्थल नेपाललाई हस्तान्तरण गरेका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । त्यसपछि विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























