देश/प्रदेश

गठबन्धन गरेर एमालेलाई गुल्मीमा हराउँछौंः माधवकुमार नेपाल

Banner

गुल्मी,चैत १२-

एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीलाई गुल्मीमा पराजित गर्ने बताएका छन् । जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन गरेर गुल्मीमा एमालेलाई जित्न नदिने बताएका हुन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन एकीकृत समाजवादीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई केही दिन जिल्लामा बसेर काम गर्न अध्यक्ष नेपालले निर्देशन दिए । ‘जसरी राजतन्त्र हटाउन आन्दोलनमा उत्रिएका थियौं, अब ओली प्रवृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं’ उनले भने ।

नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>