देश/प्रदेश

कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिदाँ कलंकीमा ६ जना घाइते

Banner

काठमाडौं, चैत १०-

आज दिउसो कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेको कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्माका अनुसार बा ५ च ५४४० नम्बरको कार चालकले मोटरसाइकललाई ठक्कर दिएपछि आत्तिएर एक्सिलेटर दबाउँदा घटना भएको आशंका गरिएको छ ।

कार पहिले मोटरसाइकललाई ठक्कर दिएको शर्माले जानकारी दिइन् । उनका अनुसार मोटरसाइकल पछि हुत्तिएको कारले स्कुटर तथा पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएको थियो ।

थप अनुसन्धान जारी रहेको र घाइतेको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>