देश/प्रदेश

नेपालमा उत्पादित सिटामोलको तौल बढाएर ६५० एमजी बनाउने तयारी

Banner

काठमाडौँ, चैत १०-

नेपालमा उत्पादित ५०० एमजीको सिटामोलले केही बिरामीमा काम नगरेको गुनासो आएपछि सिटामोलको तौल बढाउने तयारी भएको छ ।

शरीरको वजन बढ्दै जाँदा वा रोगको आधारमा हाल प्रयोग भइरहेका सिटामोलको डोज नपुगेकोले तौल बढाउने तयारी भएको हो । हाल सम्म नेपालमा ६५० एमजीको सिटामोल उत्पादन भएको छैन ।

वरिष्ठ चिकित्सक डा.ऋषिकुमार काफ्लेले हाम्रो शरीरलाई ५०० एमजीको सिटामोल नभएर ६५० एमजी बढी प्रभावकारी हुने बताए । त्यस्तै कोभिड-१९ का बिरामीमा सिटामोलले काम नगर्दा ठूलो समस्या समेत उत्पन्न भएको र सिटामोलको तौल ६५० एमजी बनाउन राम्रो हुने वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>