देश/प्रदेश

स्थानीय तह निर्वाचन : अछाममा कुन दलको अवस्था कस्तो ?

Banner

अछाम, चैत १०-

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनका लागि अछाममा राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । अछाममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार अछाममा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा देखिन्छन् । अछामका १० वटा स्थानीय तहमा कांग्रेसले पाँचवटा, एमालेले तीनवटा र माओवादी केन्द्रले दुईवटा स्थानीय तहमा प्रमुखमा जित हात पारेका थिए । त्यस्तै ९१ वटा वडामध्ये कांग्रेसले ४८, एमालेले ३६ र माओवादी केन्द्रले सातवटा वडामा विजयी हासिल गरेको थियो ।

अछाममा कम्युनिष्ट पार्टी विभाजित हुँदा त्यसको फाइदा कांग्रेस पाएको छ । कम्युनिष्ट पार्टीे बहुमतलाई गुम्न नदिनको लागि आन्तरिक प्रयासरत छन् । पार्टी विभाजन व्यहोरेको एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा त्यसको असर कति पर्ने हो भन्ने प्रस्ट छैन । एमाले विभाजन भएर बनेको दल एकीकृत समाजवादीले सबै तहमा कमिटी बनाएर चुनावी तयारी थालेको छ ।

एकीकृत समाजवादीमा एमालेकै पूर्व कार्यकर्ता रहेका कारण पनि सो पार्टीले एमालेकै मत खोस्ने निश्चित छ । यो अवस्थामा एमालेका लागि जित त्यति सहज नहुने आंकलन गरिएको छ । कांग्रेसमा अन्तर्घात पनि पुरानै रोगका रुपमा देखिन्छ । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टी जनताबीच परीक्षण हुने तयारीमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>