गण्डकी

बेसीशहरको चेपाङवस्तीमा बालविवाहसम्बन्धी सचेतना

Banner

लमजुङ, चैत १०-

लमजुङको बेसीशहर नगरपालिका ११ चिति बरबोटफाँटको चेपाङवस्तीमा बालविवाहसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सामुदायिक रुपान्तरणका लागि युवा नेपाल ९वाईसीटी० नेपालले चेपाङवस्तीमा लक्षीत गरी कार्यक्रम सञ्चालन गरेको हो ।

चेपाङवस्तीका किशोरी सानै उमेरमा विवाह गर्ने र आमा बन्ने समस्या रहेकाले उक्त क्षेत्रमा बालविवाहबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको वाईसीटी नेपालका अध्यक्ष रुपेश श्रेष्ठले बताए । उनले भने संस्थाले कलिलैमा विवाह गर्ने र उपेर नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पार्ने भएकाले गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गरीएको हो ।

बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आर्थिक समस्या र अशिक्षाका कारण अझै पनि समाजमा उमेर नपुग्दै विवाह गर्ने प्रचलन कायम रहेको बताए । कार्यक्रममा जिल्ला अस्पताल लमजुङका शोभा ठकुरीले बालविवाह, बालविवाह गरेमा हुने कानुनी व्यवस्था, जिल्लामा बालविवाहको अवस्था लगायतको बारेमा जानकारी गराएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>