देश/प्रदेश
उद्योग वाणिज्य संघ जुम्लामा लोकतान्त्रिक प्यानल विजयी, अध्यक्षमा देवकोटा
०

जुम्ला, चैत ९-
जुम्ला उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यालन विजयी भएको छ । कांग्रेस निकट लोकतान्त्रिक र वाम निकट वामपन्थी प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।
जसमा कांग्रेस निकट पुरिचन्द्र देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् । देवकोटाले वामपन्थी निकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन् ।
निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए ।
प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरे।
उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी भए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























