देश/प्रदेश

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा सवारी आवागमन प्रभावित

Banner

काठमाडौं, चैत ९-

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा बुधबार विहान पनि सवारी आवागमन प्रभावित भएको छ ।

ठेकदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पुर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानियले बताएका छन् ।

स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ । सडक मर्मतको माग राख्दै स्थानियले हिजो पनि सडक अवरुद्ध गरेका थिए ।

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>