गण्डकी

भूमिहीन सुकुम्बासीले जग्गा नपाएपछि पोखरा महानगरपालिकामा विरोध

Banner

पोखरा , चैत ७-

भूमिहीन सुकुम्बासीले जग्गा नपाएपछि पोखरा महानगरपालिकामा आज घेरे हालेका छन् ।

भूमिहीन सुकुम्बासीले भ्रष्टाचारको विरोध गर्दौ तत्कालै भूमिहीनको समस्या समाधान गर्न माग गरेर महानगरपालिकामा घेरे हालेका हुन् ।

उनीहरूले हिजो सुकुम्बासीको भोटले जित्ने, आज सुकुम्बासीको काम नगरेको भन्दै आक्रोष भएर उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अन्यत्र जिल्लामा आयोगको काम अघि बढिसकेको तर पोखरा महानगरपालिकाले फिटिक्कै काम नगरेको उनीहरुको गुनासो छ ।

पोखरा महानगरपालिकामा मात्रै करिब ४० ठाउँमा सुकुम्बासी छन् । जिल्लाभर ४५ देखि ५० हजार सुकुम्बासी रहेको प्रारम्भिक अनुमान छ ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>