गण्डकी
पोखराबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जना पक्राउ
०

कास्की, चैत ६-
पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रकम भेटिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























