देश/प्रदेश

एक लाख म्यादी प्रहरी भर्ना खुला, आजदेखि ११ गतेसम्म सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने

Banner

चितवन, चैत ६

स्थानीय तहको चुनावको लागि म्यादी प्रहरीमा देशभरबाट एक लाख प्रहरीको लागि भर्ना खुलेको छ ।

देशका सबै जिल्लामा आज (आइतबार) देखि प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी प्रहरीमा एक लाखको लागि भर्नाका आवेदन आह्वान गरेका हो।

४० दिनका लागि म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन्।

म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>