देश/प्रदेश

होलीको दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई किशोरको मृत्यु

Banner

मोरङ, चैत ४-

फागुन पूर्णिया (होली)को दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई किशोरको मृत्यु हुनुका साथै ४१३ सवारी साधन कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङ प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्याक्टरसहित ४१३ वटा सवारी साधनलाई कारवाही गरिएको छ । यस्तै मापसे सेवन गरी होहल्ला गरी हिड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>