देश/प्रदेश
मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर
०
मकवानपुर, चैत ४ –
मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् ।
घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारको लागी काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ ।
अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।
डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ३३५३ नम्बरको भ्यान बिहीबार राति सवा ९ बजे सडकको भित्तामा ठोकिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























