देश/प्रदेश

‘होली पर्वले हाम्रा मौलिक संस्कृतिका सबल पक्षलाई प्रवद्र्धन गर्छ’

Banner

काठमाडौँ, चैत ३-

फागु पूर्णिमा (होली) पर्वका अवसरमा सुडी समाज काठमाडौंले अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सभाहलमा आज होली मिलन समारोहको आयोजना गरेको छ ।

समरोहमा समाजका पादिधकारी, युवायुवती र महिलाको उल्लेख्य सहभागीता रहेको छ । उनीहरुले एकआपसमा रङअबिर दलेर होली मनाएका हुन् ।

समारोहमा समाजका सल्लाहकार वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र समाजका अगुवा परमेश्वर महासेठले यस पर्वको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै हाम्रा मौलिक संस्कृतिका सबल पक्षलाई प्रवद्र्धन गरी यस पर्वलाई मितव्ययी र विकृतिरहित बनाउनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष डा अशोक महासेठको सभापतित्वमा सम्पन्न समारोहमा समाजका उपाध्यक्ष डा रामनन्दनप्रसाद चौधरी, महासचिव शीतलप्रसाद महतो, कोषाध्यक्ष श्रीरामपूर्वे, महिला उपसमितिका संयोजक अनिता निराला र सुडी समाज वीरगञ्जका अध्यक्ष अधिकलाल पञ्जियारलगायतका वक्ताहरुले वसन्त ऋतुको आगमनसँगै एक–आपसमा मेलमिलाप र सद्भावको सन्देश बोकेर आएको होली पर्वले हाम्रो मौलिक संस्कृति संरक्षणका साथै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>