देश/प्रदेश

शिवम् सिमेन्ट उद्योगमा अन्दाजी २० वर्षीय भारतीय युवकको मृत्यु

Banner

मकवानपुर, चैत ३-

हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकामा अस्पतालले उनलाई बिहान ८ः३० बजे मृत घोषणा गरेको हो । प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ । शव परीक्षणका लागि अहिले उक्त अस्पतालको शवगृहमा राखिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>